बुटवल । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल रूपन्देही जिल्ला अन्तरर्गत बुटवल उपमहानगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । आइतबार सम्पन्न भेलाले नविनको संयोजकत्वमा १५ सदस्यीय समिति निर्माण गरेको छ ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी पाल्पा सेक्रेटरी तथा एकीकृत जनआधार सम्बन्ध विस्तार अभियान टोलि प्रभात लगायतका जिल्ला स्तरीय नेताहरूको उपस्थिती रहेको बताइएको छ । प्रभातले सबैखाले युवाहरूको समस्या वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव भएको भन्दै वर्तमान दलाल पुंजीवादी व्यवस्थालाई अन्त्य गर्नुपर्ने बताए । उनले आम उत्पीडित जनसमुदाय, युवा, महिला अर्थात् श्रमिक जनताको सबै भन्दा सुन्दर व्यवस्था नै वैज्ञानिक समाजवाद भएको र यो व्यवस्था स्थापनार्थको लागि सम्पूर्ण नवजवान युवाहरू एकिकृत जनक्रान्तिको कार्यदिशामा सामेल हुन अपिल समेत गरे ।
सम्बन्धित खवर
संसदीय व्यवस्था अन्त्य गर्न समाजवादीको जनमत बढ्दो
भारतमा मोदी सत्ता विरुद्ध किसानद्धारा चक्काजाम
नेकपा गढवा–राजपुर गाउँपालिकाको बैठक सम्पन्न
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्