अनिल नेपाली । अर्घाखाँची । सीपले मानिसलाई आत्मनिर्भर, दक्ष बनाउने हुँदामानिसको जीवनको लागि सीप अपरिहार्य रहेको सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुरकुमार विकले बताए । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत छोटो अवधिकोे १५ दिने डल कुशन बनाउने तालिमको आइतबार वडा नं.- ११ मा विधिगत रुपमा समानपन गर्दै उपप्रमुख विकले यस्तो बताएका हुन् ।
विकले सिकेकोे सीपले मानिसलाई जीवन उपयोगी, जीविकोपार्जन गर्न मदत गर्ने बताउँदै जीवनलाई सरल र सहज बनाउनको लागि सीपले मदत गर्ने हँुदा सीप अपरिहार्य भएको बताए । उनले व्यवसायिक रुपमा पेशा अंगाल्ने महिलाको लागि नगरपालिकाले सहयोग गर्ने बताउँदै व्यवसायिक महिलाको लागि नगरपालिकाले सहुलियत ऋणको समेत व्यवस्था गरेको बताए । उनले समृद्धि नर सुन्दर नगरपालिका बनाउनको लागि सबैले सहयोग गनुपर्ने बताए ।
कार्यक्रममा नगरपालिका उद्योग विकासका शाखा प्रमुख जीवनारायण आचार्य, शाखा अधिकृत मन्जु खनाल, विजय माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपाल खनाल, सन्धिखर्क नगरपालिका वडा नं. ११ का वडा सचिव पुष्करनाथ आचार्य, प्रशिक्षक राधा ज्ञवाली लगायतका वक्ताले कार्यक्रममा मन्तव्य राख्दै सीप मानिसको जीवनको लागि अपरिहार्य भएको बताए ।
१४ जनाको सहभागिता रहेको कार्यक्रममा प्रशिक्षार्थीले विभिन्न सामाग्री बनाउनसक्ने भएको सहभागि बसन्ता खत्रीले बताए । कार्यक्रम वडा नं. ११ का अध्यक्ष धुवराज आचार्यको अध्यक्षता उद्यम विकास सहजकर्ता अनिता रावलको सञ्चालन र बसन्ता खत्रीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्