दैलेख । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दैलेखको १२ औं जिल्ला सम्मेलन आठबिस नगरपालिकाको वडा नं. १ सात्तालामा सम्पन्न भएको छ । आइतबार सम्पन्न सम्मेलनले सुदर्शनको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ ।
कार्यक्रममा अखिल (क्रान्तीकारी) केन्दीय समिति सचिवालय सदस्य हर्क विश्वकर्माले दलाल संसदीय व्यवस्थाले मुलुकको शैक्षिक समस्याको समाधान दिन नसक्ने भएकाले वैज्ञानिक समाजवाद आवश्यक भएको बताए ।
नेकपा दैलेख जिल्ला इन्चार्ज कमरेड दिपेन्द्रले सरकारसँग ३ बुँदे सहमति भएपनि आफूहरुले संसदीय व्यवस्थालाई स्वीकार नगरेको र अहिलेको राजनितिक संकटको समाधान संसदीय निर्वाचन र सरकार फेरबदलबाट नहुने कुरा उल्लेख गर्दै यसका लागि पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्थाबारे जनमत संग्रह गरिनुपर्ने बताए ।
कार्यक्रममा नेकपा दैलेख जिल्ला सेक्रेटरी दीपलामा, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य प्रकाश, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दैलेख जिल्ला अध्यक्ष उशा, अखिल नेपाल किसान संघ (क्रान्तीकारी) दैलेख संयोजक संकेत, दलित मुक्ति मोर्चा नेपाल दैलेख जिल्ला सचिव सन्दीप, पार्टीका नेता क्रान्ति अतिथि रहेको कार्यक्रमको अध्यक्षता सुदर्शन ,संञ्चालन लोकराज कार्की, स्वागत महेन्द्रले गर्नु गरेका थिए ।
कार्यक्रममा ज्वाला शहिद स्मृति परिवारले जनवादी गीत, नृत्य प्रस्तुत समेत गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्