जापान, मंसिर १९ । प्युठानको बिजुली बाँसडाँडाका ५५ बर्षीय केशव विक (गाउँमा फुर्से विक) मंसिर ११ गते बिहान घरबाट भारतको आलिगढ जान भनी हिँडेका थिए र उनको छोरा सुरेश बिक सदरमुकाम खलंगा पुग्ने बित्तिकै जीपबाट ओर्लिए । बुवा केशव पसलमा मास्क किन्न खोजे । तत्कालै उनलाई हृदयघात भई पसलको अगाडि सडकमै ढले ।
उनको छोरा सुरेशले तत्काल हारगुहार गरेर तत्कालै बुवालाई एम्बुलेन्सको ब्यवस्था गरी खलंगा हस्पिटलमा पुर्याएता पनि उनको मृत्यु भएको अस्पताल स्रोतले दिएको थियो । छोराले बिलाप गर्दै घटनाको जानकारी आफन्त, घरपरिवालाई गराए । आफन्त, दाजुभाई तत्कालै खलंगामा जुटेर शवलाई घरमा ल्याई पुर्वी प्युठानको चुजाठाटी घाटमा दाहसंस्कार गरियो ।
उनको मृत्युको भएको अर्को दिन (१२ गते )राति १ बजे उनको घरमा बिजुलीको तार सर्टभएर आगलागी भई घर पूर्णरुपले खरानी भयो घरमा भएको सम्पुर्ण अन्नकपडा सबै जलेर नष्ट भयो । बुवाको किरिया बसेका सुरेश ५ दिदीबहिनीका एक्लो भाई हुन् । दिदीबहिनीको बिहे भई आआफ्नो घरमा गएका छन् । ३० वर्षीय सुरेशका श्रीमती र तीन छोरी छन् ।
आजभन्दा तीनवर्ष पहिले आलिगढमै उनी गाडी एक्सिडेन्ट्मा परी बायाँ खुट्टो तीनचार ठाउँबाट भाँचिएको छ । बल्लतल्ल हिँड्डुल गर्न सक्छन् । आर्थिक अबस्था कमजोर भएका पीडित परिवारलाई मंसिर १७ गतेका दिन राप्ती समाज जापानले जापानमा विभिन्न पेशा रोजगारीमा बस्दै आउनुभएका नेपालीहरुबाट आर्थिक संकलन गरी राप्ती समाज जापानका सल्लाहकार बिष्णु पौडेल र अध्यक्ष युवराज रेग्मीको पहलमा नेपाली ५३२८०/–(त्रिपन्न हजार दुई सय असी)रुपैया हस्तान्तरण गर्नु भएको छ । अध्यक्ष रेग्मीले आर्थिक सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्