अर्घाखाँचीको पाणिनीमा लालपुर्जा वितरण

डिजिटल प्रबिधिबाट जग्गा धनी प्रमाणपत्र पुर्जा बितरण

अर्घाखाँचीको पाणिनीमा लालपुर्जा वितरण

अनिल नेपाली । मंसिर १९, सन्धिखर्क । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ र ३ पोखराथोकमा डिजिटल प्रबिधिबाट नाप नक्सा गरिएको जग्गा धनी प्रमाणपत्र पुर्जा बितरण कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ । 

कार्यक्रम प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेको प्रमुख आतिथयतामा सम्पन्न भएको थियो । कार्यक्रममा सभासद घिमिरेले देशमा विभिन्न किसिमका आन्दोलन भई मुलुक समृद्धिको युगमा प्रबेश गरेको बताउदै राज्यले नै समृद्धिको युगलाई आत्मसाथ गरी अगाडि बढेको बताए । घिमिरेले आन्दोलनको बलमा देशमा लोकतन्त्र गणतन्त्र सभाबेशी आएको बताउदै सडक आन्दोलन जनताको पक्षमा नभएको बताए । घिमिरेले पाणिनीको विकासका लागि कुनै किसिमका कसर बाँकी नराख्ने बताउदै अहिलेको चालू आबमा मात्र २२ करोड २४ लाख बजेट पाणिनीमा पारेको, ५ ओटा सडक बहुबर्षे योजनाका साथ अगाडि बढाउने, शिक्षा स्वास्थ कृषिमा पनि विशेष किसिमको योजना ल्याई अगाडि बढ्ने बताए । 

पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले सबै राजनीति दलले जनताको भावनालाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताउदै सरकारी प्रशासनमा पहुँचवालाको मात्र काम हुने तर सर्बसाधारण काम नहुने बताउदै त्यसलाई सबै मिलेर निरूसाहित गर्नुपर्ने बताए । 

प्रमुख जिल्ला अघिकारी बिष्णु पौडेले सेबाप्रदाय निकाय जिम्मेवार हुनुपर्ने बताए । वडा नं. ३ का अध्यक्ष देवीबहादुर क्षेत्री, वडा नं. २ का अघ्यक्ष  नेत्र प्रसाद भट्टराई, पत्रकार महासंघका जिल्ला सहसचिव अनिल नेपाली लगायतका बक्ताले सेवा प्रदायक निकायले महत्वपूर्ण काम गरेको बताएका थिए । विशेष नाषिका कार्यालय प्रमुख खिम खानाको अध्यक्षता, बाबुुराम नेपाली स्वागत र माधब  अर्यालको  सञ्चालनमा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो भने गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, नेकपा (नेकपा) का कार्यालय सदस्य जीवनारायण कोईराला, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतका सहभागिता रहेको थियो ।

खिदिममा  १२३२ जना र पोखराथोकमा १०२८ लाई जग्गा धनी पुर्जा प्रमाणपत्र वितरण गरिने बिशेष नापी कार्यालयका प्रमुख खिमबहादुर रानाले बताए । नापी कार्यालय जिल्लामा २९ वटामा वितरण गरेको कार्यालयले जनाएको छ ।