डँडेल्धुरा । डँडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नं. ३ चौडमा निर्माणाधीन अवस्थामा रहेको वडा कार्यालयको भवन भत्किएको छ ।
आलिताल गाउँपालिका र सुदुर पश्चिम प्रदेश सरकारको संयुक्त बजेट भ्याटसहितको ६२ लाखमा निर्माणको जिम्मा सिताराम कन्ट्रक्सन प्रालिले पाएको थियो । उक्त भवन निर्माणको क्रममा ठेकेदार कम्पनिले गुणस्तरहिन निर्माण सामाग्री र प्राविधिक स्टीमेट विपरीत कार्य भैरहेको भनी व्यापक जनगुनासो आएपछि सन्चार केन्द्रका पत्रकार तथा सञ्चार केन्द्रकर्मी मनोज रावतले उक्त भवनको सोमबार अवलोकन गरेका थिए ।
रावतले जनबाटो मिडिया प्रा.लि. संग भने, उक्त भवनको गुणस्तरहिन निर्माणबारे निर्माण कम्पनिका कार्यकारी निर्देशक चन्द्रकान्त जोशीलाई जिज्ञासा राख्दा जोशीले भने, ‘भवनको पहिलो तलासम्म म आफैँ उपस्थित भएर बाहिरको मिस्त्री र कामदार ल्याएर बनाएको थिए र काम पनि राम्रै भएको छ । पछि मैले काम विशेषले बाहिर जानु पर्यो र भवन निर्माण भइरहेका ठाउँका स्थानियले हाम्रो स्थानिय ठाउँमा हामिलाइ नै काम चाहिन्छ भनि आफुहरुलाई दबाब दिन थालेपछी सोहि ठाउँका स्थानियलाई काम दिँदाको परिणाम हो यो ।’
जोशीले आफू बाहिर भएकाले उक्त भवन निर्माणमा गलत भएको केहीदिन अघि मात्रै थाहा पाएको र आफूले थाहा पाउने बित्तिकै काम समेत रोकेको दाबि गरेको र उक्त भवन भत्काएर पुनः निर्माण गरिने पनि आश्वासन दिएको रावतले बताए ।
उक्त वडा कार्यालय भवन निर्माणको आलिताल गाउँपालिकाबाट प्राविधिक फिल्ड अनुगमनको जिम्मा पाएका वार्ड न. ३ मा कार्यरत ओभरसियर लालबहादुर बिस्टले भने आफुले उक्त निर्माण कम्पनिलाई गुणस्तरहिन कार्य भएको र यसलाई तुरुन्तै भत्काएर नयाँ बनाउन भनि पटकपटक निर्माण कम्पनीका प्रतिनिधि कृष्णबहादुर बडायरलाई जानकारी दिँदा पनि आफूहरुलाई नटेरेको बताए । विष्टले धेरैपटक मौखिक तथा फोनबाट भनेपनि पछिल्लो समय भने ति व्यत्तिले मोबाईल नम्बर नै नलाग्ने बनाएर गुमनाम भएको बताए ।
प्रतिक्रिया राख्नुहोस्