बुटवल । सुदुरपश्चिका विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूले संयुक्त रुपमा प्रेस विज्ञप्ति मार्फत् कोरोना महामारीको दोस्रो कहर अर्थात् प्रतिकुल अवस्थामा जनताको जीवन रक्षा, जनजीवीका, स्वास्थ्य, शैक्षिक लगायतका विषयमा गम्भीर बन्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेको छ ।
मंगलबार नेपाल विद्यार्थी संघ निवर्तमान केन्द्रीय सह–महामन्त्री अच्युतराज कलौनी, अनेरास्ववियु (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश संयोजक तथा केन्द्रीय सचिव मदन भुल, अखिल (क्रान्तिकारी) सेतीमहाकाली संयोजक विरेन्द्र शाह, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघका सुदुरपश्चिम इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष उमेश विष्ट, अखिल (छैठौं) सुदुरपश्चिम प्रदेश अध्यक्ष उमेश कंडेल, अखिल (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश कार्यवाहक संयोजक पुष्कर जोशी, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य महेन्द्र तिरुवाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ :
‘सुदुरपश्चिममा क्रियाशिल हामी संयुक्त विद्यार्थी सङ्गठनहरु सदैव शैक्षिक मुद्दा देखि अन्य जनजीवीका र जनताका हरेक दुख , पीडा र समस्याहरुका सन्दर्भमा निरन्तर अग्रमोर्चामा क्रियाशिल हुँदै आएका छौं । अहिले फेरि कोरोना महामारीको दोस्रो कहर शुरु भएको छ । अहिले फेरि धेरै आम नागरिकहरुले ज्यान गुमाई सक्नुभएको छ । उहाँहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछौं । सम्पुर्ण संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यो जटिल परिस्थितिमा सुदुरपश्चिममा क्रियाशिल हामी संयुक्त विद्यार्थी सङ्गठनहरु जनताको जीवन रक्षा, जनजिविकाको सबाल, स्वास्थ्य र शैक्षिक क्षेत्रबारे तपशिल बमोजिमका मुद्दाहरुमा गम्भीर बन्न, अग्रसरता र पहलकदमी लिन संबन्धित निकायलाई यसै प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउँदछौ ।
१. यो परिस्थितिमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकारी र निजि अस्पतालहरुमा आवश्यक संघन उपचार कक्ष ,ओईसोलेसन वार्डहरु, अक्सिजनको आवश्यक व्यवस्थापन, भेन्टिलेटरको व्यवस्था, एम्बुलेन्सहरुको तयारी अवस्था लगायत अन्य सम्पूर्ण तयारीहरुमा ध्यान दिन अनुरोध गर्दछौ ।
२. अस्पतालहरुमा कोरोना संक्रमित बिरामी माथी हुने हेल्चेक्राई र लापरबाहीप्रती सचेत बन्नका साथै संक्रमिहरुलाई पहुँचको आधारमा भर्ना लिने र सर्वसाधारणहरुलाई फिर्ता पठाउने विषयमा गम्भीर हुन अनुरोध गर्दछौं ।
३. स्थानीय निकायहरुमा समेत पर्याप्त स्वास्थ्य उपकरण र सामग्री सहित औषधीको व्यवस्था, क्वारेन्टाइन र आईसोलेशन व्यवस्थापन र अन्य आवश्यक तयारी गर्न अनुरोध गर्दछौं ।
४. सिमानामा कडाई गरि भारतबाट आउने नागरिकहरुको पिसिआर जाँच गरि कोरोना संक्रमणित लाई आईसोलेशन कक्षमा राख्ने व्यवस्था गर्न माग गर्दछौं ।
५. सम्पूर्ण नागरिकहरु लाई तत्काल निशुल्क र सहजै भ्याक्सिन लगाउने र पिसिआर जाँचको व्यवस्था गर्न अनुरोध गर्दछौं । साथै सम्पूर्ण निजि र सरकारी अस्पतालहरुमा कोरोना संक्रमित विरामीहरुको लागि आवश्यक वार्डहरुको व्यवस्था गर्न अनुरोध गर्दछौं ।
६. यो जटिल परिस्थितिमा पठनपाठनको उपयुक्त वैकल्पिक माध्यम अपनाई सम्पूर्ण शिक्षण संस्थाहरु अनुकुल वातावरण नबनुन्जेल बन्द गर्न अनुरोध गर्दछौं ।
७. यस्तो जटिल परिस्थितिमा खाद्यान्न, दैनिक उपभोग्यका वस्तुहरु र पेट्रोलियम पदार्थको आपूर्तिमा ध्यान दिनु का साथै यस्तो बेला कालोबजारी हुने भएकोले कडा निगरानी गरि आवश्यक कार्वाही गर्ने संबंधित निकाय सङ्ग अनुरोध गर्दछौं ।
८. अग्र मोर्चामा खटिने सम्पुर्ण स्वास्थ्यकर्मिहरु, सुरक्षाकर्मीहरु र सरसफाइकर्मीहरुलाई आवश्यक स्वास्थ्य उपकरण र सामग्रीहरु उपलब्ध गराउन अनुरोध गर्दछौं ।
९. सम्पुर्ण क्षेत्रहरूमा स्वास्थ्य मापदण्डको कडाईपुर्वक पालना गराउन र गर्न सबैमा अपिल गर्दछौं ।
प्रतिक्रिया राख्नुहोस्