रूपन्देहीमा आजबाट निषेधाज्ञा, बुटवल सुनसान !

बैशाख ३० गते बिहान ६ बजेसम्मको अवधिका लागि निषेधाज्ञा जारी गरिएको

रूपन्देहीमा आजबाट निषेधाज्ञा, बुटवल सुनसान !

बुटवल । जिल्ला प्रशासन रुपन्देहीले आज बिहान ६ बजेदेखि लागु हुनेगरी जिल्ला भर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी लगत्तै बुटवल, भैरहवा लगायतका बजारहरू सुनसान भएको छ । 

बैशाख ३० गते बिहान ६ बजेसम्मको अवधिका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । 

निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ । अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने बताइएको छ ।