–रमेश रावत ‘विक्रान्त’
जसले माओवाद
पढ्न र बोक्न लगायो
उसैले मार्क्सवाद
छोडेर गएपछि
अब उ कहिल्यै फर्किदैन
क्रान्तिको कठिन बाटोमा !
पुनः लड्दैन होला
युद्धका मोर्चाहरु
उसले पुंजीवादको खोल
ओढेर गएपछि
मालेमावादका सिद्धान्तसंग
सम्बन्ध विच्छेद
गरेर गएपछि
अब कहिल्यै पनि
उसले पाइला टेक्दैन होला
सर्वहाराको बस्ती–बस्तीमा
गाउँका डाँडा–पाखाहरुमा
युद्ध प्राप्ति सबथोक त्यागेर
दरबारको सम्राट बन्न गएपछि ।
आजभोलि
जीवन र जगतलाई
कसरी व्याख्या गर्छ होला
उसको समाजशास्त्रमा
वर्ग संघर्षलाई ?
कसरी विश्लेषण गर्छ होला
उसको दर्शनशास्त्रमा
दलाल पुंजीवादलाई ?
कसरी मापन गरेको होला
उसको राजनीतिक अर्थशास्त्रमा ?
उसले गाउँदै गरेको
आध्यात्मिक भजन सुन्दा
उसले उपभोग गरेको
व्यवस्थाभित्र उसैको
नाङ्गो चरित्र देख्दा
कम्युनिस्टको शब्दकोषबाट
नामेट भइसकेको रहेछ
अब अन्तिम पटक
उसको नामको भावपूर्ण
हार्दिक श्रद्धाञ्जली
व्यक्त गर्नु बाहेक
बाँकी केहि देखिएन
क्रान्तिको मोर्चाबाट ।
सम्बन्धित खवर
देवकोटाको त्यो अङ्ग्रेजी क्लास
आमाको सपना !
म के हेरौं धरहराबाट ?
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्