नेकपा गण्डकी गाउँपालिकाको प्रथम भेला 

विष्णुप्रसाद रिजालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्माण

नेकपा गण्डकी गाउँपालिकाको प्रथम भेला 

गोरखा । नेपाल कम्युनिस्ट पार्टी गण्डकी गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । भेलाले विष्णुप्रसाद रिजालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । 

कार्यक्रममा गोरखा जिल्ला इन्चार्ज कपिल भट्टले नेकपा र नेपाल सरकारबीच भएको ३ बुँदे सहमति र वार्ताका विषयमा बाहिर विभिन्न मिडियाहरूले जनतामा विभिन्न भा्रमक समाचार सम्प्रेषण गरेकाले त्यस्ता भ्रममा नपरी पार्टी निर्माण र अभियानमा निरन्तर  लागि पर्न आग्रह गरे । उनले जनताका मुख्य मुख्य विषय र व्यवस्थाको बारेमा  जनमत संग्रह गर्नुपर्ने बताए । 

भेलामा नेकपाका गोरखा जिल्ला सेक्रेटरी सरल, नेकपा गोरखा नगरपालिका सेक्रेटरी केशवराज भट्टराई, अखिल (क्रान्तिकारी) गोरखा जिल्ला अध्यक्ष गगन परियार लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थित िरहेको बताइएको छ । 

कार्यक्रम विष्णुप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।