बुटवल । सरकारले लामो समयदेखि हिरासत र कारागारमा बन्दी बनाएर राखेका नेकपाका नेता वीरजङ्ग १९ महिनापछि शुक्रबार जिल्ला कारागार चितवनबाट धरौतीमा रिहा भएका छन् । नेता वीरजङ्गलाई नेकपाका महासचिव विप्लवले कपिलवस्तुको शिवगढीस्थित आफ्नै घरमा स्वागत गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन मध्यवपश्चिम कमाण्ड इन्चार्ज रहेका वीरजङ्गको स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर २०७७ असोज २८ गते चितवन कारागारमा लगिएको थियो । कोभिडसमेत भएर कमजोर बनेका वीरजंगलाई घाँटी र पेटमा समेत समस्या देखिएको थियो ।
नेता वीरजङ्गलाई सरकारले २०७६ असोज २९ गते दाङको राजपुर गाउँपालिका–४ बाट गिरफ्तार गरेको थियो । वीरजङ्ग बम विस्फोटको मुद्धामा कारागार चलान भएका थिए ।
गत फागुन २१ मा नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति पश्चात् नेकपामाथिको प्रतिबन्ध फकुवापछि जेल र हिरासतमा रहेका नेताहरू रिहाई हुने प्रक्रिया तिव्र रुपमा अगाडी बढिरहेको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा चर्चित जनवादी गीतकार/संगीतकार माइला लामा झन्डै दुई वर्षपछि बिहिवार मात्रै रिहा भएका छन् । अन्य नेता तथा कार्यहरू पनि रिहाई हुने प्रक्रिया जारी छ ।
प्रतिक्रिया राख्नुहोस्