बुटवल । नेपाल कम्युनिस्ट पार्टी रूकुम–पश्चिमले मुसिकोट नगरपालिका ५, सोलावाङ निवासी ६० वर्षिय टेक बहादुर पाण्डेको निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
पाण्डे नेकपा रूकुम–पश्चिम विशेष समिति सदस्य तथा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य तथा शैक्षिक आन्दोलनका अग्रनी समेत हुन् ।
रूकुम–पश्चिमका सेक्रेटरी चन्द्र बहादुर बुढाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पाण्डेको कोरोनाको कारण मृत्यु भएको खबरले सिंगो पार्टी पंक्तिलाई स्तब्ध बनाएको छ । एक क्रान्तिकारी योद्धाको मृत्युले पार्टीलाई अतुलनीय क्षतिसमेत पुगेको छ ।’
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्