नवलपुर । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल नवलपुरको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । बिहिवार सम्पन्न सम्मेलनले अविनाशको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ ।
‘दलाल पुंजीवादी संसदीय व्यवस्था विरुद्ध सशक्त युवा आन्दोलन ! वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि दोस्रो जिल्ला सम्मेलन !! भन्ने मूल नारासहित उक्त सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रममा संगठनका केन्द्रिय महासचिव सागरको प्रमुख आतिथ्य रहेको थियो भने नेकपा लुम्बिनी ब्युरो सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज ध्रुव, नेकपा लुम्बिनी ब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज प्रवीण, युवा संगठन नेपाल केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषण, नेकपा पाल्पा जिल्ला शेक्रेटरी प्रभात, नेकपा रुपन्देही सेक्रेटरी विश्वास, नेकपा विशेष जिल्ला सदस्य अर्जुन ठगुन्ना, अखिल( क्रान्तिकारी ) लुम्बिनी ब्युरो सदस्य नवीन खड्का, मगर राष्ट्रिय मुक्ति मोर्चा नवलपुर जिल्ला संयोजक कोषबहादुर आले, थारु राष्ट्रिय मुक्ति मोर्चा नवलपुर जिल्ला संयोजक टेकमणी महतो, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी नवलपुर जिल्ला संयोजक पोस्ट बहादुर मल्ल, अखिल (क्रान्तिकारि ) नवलपुर जिल्ला कोषाध्यक्ष फुलमाया जप्रेलको आतिथ्य रहेको थियो ।
कार्यक्रममा युवा संगठन नेपाल केन्द्रिय महासचिव सागरले दलाल पुंजीवादी संसदीय व्यवस्थाका कारण लाखौ युवाहरु विदेशी भूमिमा श्रम बेच्न बाध्य भएको बताए । उनले सम्पूर्ण नवजवान युवाहरूलाई वर्तमा दलाल र असफल संसदीय व्यवस्थाको अन्त्यको लागि युवा संगठन नेपालको झन्डा मुनी गोलबन्द भई वैज्ञानिक समाजवाद प्राप्तीको महाअभियानमा सामेल हुन अपिल समेत गरेका थिए ।
नेकपा नवलपुर जिल्ला इन्चार्ज ध्रुवले नेकपा र सरकारबीच भएको ३ बुँदे सहमति नेपाली जनताको हितमा रहेको बताए । उनले उक्त सहमतिलाई केही प्रतिक्रियावादी तत्वहरूले जनतामा नकरात्मक भ्रम छरेर वार्तालाई भाड्न खोजेको र यस्ता भ्रामक समाचारप्रति सचेत रहन अपिल समेत गरे । उनले नेपाली जनताको हितका लागि आफूहरू जस्तोसुकै मूल्य पनि चुकाउन तयार क्रान्तिको महान र अविराम यात्रामा निरन्तर तल्लीन रहेको बताए ।
नेकपा पाल्पा जिल्ला इन्चार्ज प्रवीणले जनतालाई दुख दिने दलालहरूलाई यो देश बाटै लखेट्नुपर्ने र देशमा अबको नेतृत्व युवाहरूले गर्नुपर्ने बताए । उनले अबको आन्दोलनमा आत्मनिर्भर अर्थतन्त्रलाई विकास गर्दै एकीकृत जनक्रान्तीलाई अगाडी बढाउन युवाहरूको अहम भूमिका रहने बताए । प्रवीणले नेकपा र सरकारबीच भएको ३ बुँदे सहमति नेपाली जनताको पक्षमा रहेको बताए । उनले भने, ‘देशमा अशान्ति र अस्थिरता चाहने केही तत्वहरूले सहमति भाड्ने दुष्प्रयास गरिरहेका छन् ।’
सम्मेलनबाट निर्वाचित कार्य समितिलाई नेकपा पाल्पा जिल्ला सेक्रेटरी प्रभातले बधाई तथा सफल कार्यकालको लागि शुभकामना मन्तव्य राखेका थिए ।
अविनासको अध्यक्षता र प्रमोद विश्वकर्माको सन्चालन रहेको कार्यक्रममा विजयको स्वागत मन्तव्य रहेको थियो । जबस÷मोर्चाको तर्फबाट नवीन खड्काले सम्मेलन शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया राख्नुहोस्