Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
भट्टको हत्यारालाई कडा कारवाही गर : सात विद्यार्थी संगठन - Janabato

भट्टको हत्यारालाई कडा कारवाही गर : सात विद्यार्थी संगठन

किशोरी जङ्गलमा मृत फेला, हत्याको आङ्शका

भट्टको हत्यारालाई कडा कारवाही गर : सात विद्यार्थी संगठन

माघ २३, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकास्थित सनातन धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १७ बर्षीया विद्यार्थी भागरथी भट्टको हत्याबारे तत्काल सत्यतथ्य छानविन गरी हत्यारालाई कडा कारवाही गर्न ७ विद्यार्थी संगठनले माग गरेका छन् । 

शुक्रबार सात विद्यार्थी संगठनले संयुक्त वक्तव्य जारी गर्दै घटनाले स्तब्ध बनाएको भन्दै बुधवार घरबाट विद्यालय गएकी भागरथी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर शव हत्या गरी फालिएको अवस्थामा जङ्गलमा फेला परेको र उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको बताइएको छ ।

वक्तव्यमा नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सहमहामन्त्री अच्युतराज कलौनी अनेरास्ववियु केन्द्रीय सदस्य गणेश सिंह ऐरी, अखिल (क्रान्तिकारी) सेती महाकाली संयोजक विरेन्द्र शाह, रा.प्र.वि. सं.का केन्द्रीय उपाध्यक्ष तथा सुदुर पश्चिम इन्चार्ज उमेश विष्ट,  समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव भरत लिसानी, अखिल (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश कार्यबाहक संयोजक पुष्कर जोशी र अखिल (छैठौं) सुदुर प्रदेश सदस्य पुष्कर भट्टले वक्तव्यमा हस्ताक्षर गरेका छन् । 

वक्तव्यमा भनिएको छ, “उक्त घटनाको सत्यतथ्य छानबिन गरि सारा मानवीय मुल्य मान्यता माथी चुनौती खडा गर्ने यस्तो हिंस्रक र अपराधी घटनामा संलग्न दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा उभ्याई हदै सम्मको कार्वाहीका लागि सम्बन्धित निकायको सँग जोडदार माग गर्दछौं ।”