अनिल नेपाली । अर्घाखाँची, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका नेता तथा संघर्ष समितिका संयोजक राम बहादुर चौहानले बन्दपछि साँझभएको कोणसभालाई सम्बोधन गदै देशलाई संविधानसम्मत ढङ्गले अगाडि बढाउन विधिसम्भत चलाउनको लागि आम हड्ताल गरिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारिता र निरङ्कुशता शासन चालेर संविधान विघटन गरेको र संबैधानिक नियुक्ति विधिसम्वत नगरेको, हजारौ सहिद बेपत्ता जनताको बलिदानबाट देशमा संविधान आएको बताउँदै संविधानमाथि कुठाराघात गर्नेलाई जनताले कुर्चीबाट सडकमा ल्याउने बताउनुभएको थियो । एक फरक प्रसंगमा कुरा गदै नेता चौहानले निर्बाचन आयोगले आफ्नो पार्टीलाई मान्यता दिने र सुर्य चिन्ह पनि आफुहरुले पाउने बताउँदै केपी ओलीको चिन्ह बयलगाठा हुने बताउनु भएको थियो ।
कार्यक्रमका नेकपा युवा नेता ठाकुर सौराग, आदर्श महिला नेतृ कमला भण्डारी भुसाल लगायतका नेताले सम्बोधन गदै प्रधानमन्त्री ओलीले संवैधानिक आयोगका पदाधिकारीहरूलाई गैर–संवैधानिक हिसाबले नियुक्ति गरि संविधानलाई अर्को चुनौती दिएको बताउनुभयो । संविधानअनुरूप देश नचले देश ठूलो दुर्घटनामा जाने र समाज विभक्त भई द्वन्द्वमा जाने भन्दै उहाँले दुर्घटनाबाट बचाउन संविधानलाई कार्यान्वयन गरेर जानुपर्ने बताउदै आफ्नो कार्यक्रमलाई सफल बनाउने सम्पूर्ण जिल्लाबासीलाई धन्यबाद दिदै केपी शर्मा ओलीको कदम नसचिए थप आन्दोलन गर्ने बताएका थिए । बन्दपछि जिल्लाको जनजीवन सामान्य बनेको थियो ।
प्रतिक्रिया राख्नुहोस्