अर्घाखाँचीमा २ कोरोना सङ्क्रमितको मृत्यु

एक पुरुष र एक महिलाको मृत्यु

अर्घाखाँचीमा २ कोरोना सङ्क्रमितको मृत्यु

अनिल नेपाली / अर्घाखाँची : अर्घाखाँची जिल्ला अस्पतालमा कोभिड–१९ को कारण दुई सङ्क्रमितको मृत्यु भएको बताइएको  छ । 

सन्धिखर्क नगरपालिका वडा नं. ७ का ४० वर्षिय एक पुरुष र शितगंगा नगरपालिका वडा नं. ४ का २४ वर्षिय महिलाको गएराती मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए ।

अहिले देशव्यापी रुपमा कोरोना महामारीले आक्रान्त पारिरहेको  छ । यस्तो अवस्थामा सुरक्षित तरिकाले आफ्नो कार्य सम्पादनमा जुट्नु आवश्यक देखिन्छ ।