अर्घाखाँची जिल्ला अस्पतालमा ४० जना संक्रमणमुक्त

अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालमा कोभिड पोजेटिभ भई भर्ना भएका मध्ये ४० जना निको भएर डिस्चार्ज भएका छन् । 

अस्पतालका डाक्टर कपिल गौतमले दिनुभएको जानकारी अनुसार ६५ जना कोभिड संक्रमित भर्ना भएकोमा उपचारपछि ४० जना निको भएर घर फर्किएका हुन् । जसमध्ये ७ जनाले ज्यान गुमाएका छन् भने ८ जनालाइ रिफर गरिएको अस्पतालले जानकारी दिएको छ ।