बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोरोना भाइरसको दोस्रो लहरले देशलाई आक्रान्त र हैरानी पारिरहेको परिस्थितीमा ब्युरो अन्तर्गतका सबै जिल्लाका विद्यार्थी नेता तथा कार्यकर्ताहरूलाई यो महामारी विरुद्ध जनसेवामा जुट्न अपिल गरेको छ ।
संगठनका ब्युरो संयोजक विरेन्द्र विकले अहिले विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसले विश्वको मानव जाति नै संकटमा परिरहेको बेला दलाल पुंजीवादी देशहरु मानवता भन्दा आफ्नो नाफामा केन्द्रित रहेको बताएका छन् । उनले अक्सिजन र उपचार गर्ने बेड नपाएर जनताले अकालमै ज्यान गुमाउनु परिरहेको यो बिशिष्ट परिस्थितीमा नेपाल कम्युनिस्ट पार्टी र पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जनताको जिम्मेवार पार्टी र जिम्मेवार संगठन भएको बताउँदै अहिलेको आवश्यकता अनुसार विभिन्न कार्यक्रहरूको निर्माण गरेको बताए ।
कार्यक्रमहरू :
–बैशाख २९ गते कोरोना भाइरससम्बन्धि जनचेतनामूलक सन्देश सामाजिक संजालमा राख्ने ।
–३० गते ब्यानरहरु सार्वजनिक स्थलमा राख्ने ।
–३१ देखि जेष्ठ २ गतेसम्म तराईका जिल्लाहरुमा माइकिङ गर्ने तथा पहाड र तराईका जिल्लाहरुले माक्स÷ सेनिटाइजर पनि बितरण गर्ने ।
–जेठ ३ देखि १० गतेसम्म सम्भव हुने जिल्लामा अनलाइन मिटिङ र प्रशिक्षण गर्ने ।
–कोरोना महामारी र राज्यको भूमिका विषयमा अन्तरक्रिया अनलाइन मार्फत गर्ने ।
–कोरोना महामारीको कारण अप्ठ्यारोमा परेका विद्यार्थीको तथ्यांक संकलन गरी राहत वितरण गर्ने ।
–अनलाइन कक्षा सन्चालन गरे, नगरेको र शुल्क असुल गरे, नगरेको विषयमा विद्यार्थी÷अभिभावक माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा बुझ्ने र रेकर्ड राखिी कारबाही गर्ने ।
–कोरोना महामारीको विषयमा सकारात्मक सन्देशहरु बढि भन्दा बढी सामाजिक सञ्जालमा शेयर गर्ने, आफूले पनि लेख्ने ।
संयोजक विरेन्द्रले सम्पूर्ण विद्यार्थी, सचेत नागरिकहरूलाई सुरक्षित भएर कोरोना महामारीका विरुद्ध आ–आफ्नो ठाउँमा जनसेवामा जुट्न अपिल गर्दै माथी उल्लेखित कार्यक्रमहरु ब्यूरोका सबै जिल्लाहरूमा अनिवार्य लागु गर्न अनुरोध समेत गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्