Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
अर्घाखाँचीमा कोभिड–१९ सम्बन्धि जनचेतनामूलक ब्यानर प्रदर्शन  - Janabato

अर्घाखाँचीमा कोभिड–१९ सम्बन्धि जनचेतनामूलक ब्यानर प्रदर्शन 

जिल्लाका विभिन्न ठाउँहरूमा ब्यानर टाँगिएको

अर्घाखाँचीमा कोभिड–१९ सम्बन्धि जनचेतनामूलक ब्यानर प्रदर्शन 

अर्घाखाँची । अखिल (क्रान्तिकारी) अर्घाखाँचीले लुम्बिनी  क्षेत्रिय समन्वय समितिको पूर्वघोषित कार्यक्रम अनुसार जिल्लाका विभिन्न ठाउँहरूमा नोबल कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक सन्देशहरू रहेको ब्यानर टाँगेको छ ।

बिहिबार संगठनका  अर्घाखाँची जिल्ला अध्यक्ष बाबुराम एसकेको नेतृत्वमा  पदम नेपाली,  गिरिजा खड्का,  सुनिल नेपाली, रचना बिक, गिता नेपाली लगायत विद्यार्थी नेता तथा कार्यकर्ताहरूको उपस्थितीमा जिल्लाको शान्ती बगैंचा, जिल्ला हस्पिटल, टुँडिखेल, पाणिनी चोक, ढाकावाङ्ग, भक्तिटोला लगायतका ठाउँहरुमा ब्यानर टाँगिएको बताइएको छ । 

ब्यानरमा अहिले नयाँ भेरियन्ट सहित आएको कोरोना भाइरस  (कोभिड–१९) का लक्षणहरु, कोरोनाबाट बच्ने तरिकाहरु, होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई विशेष ध्यानमा राखेर जनस्वास्थ्य सम्बन्धि जनहितमा जारी सन्देशहरू रहेको छ ।

अखिल (क्रान्तिकारी)  अर्घाखाँची जिल्ला इन्चार्ज नवीन खड्काले विगतको समयमा पनि विभिन्न ठाउँमा गएर खाद्यान्न सामग्री, मास्क, साबुन, सेनिटाइजर, वितरण गरेको, बाढी पहिरो पीडितलाई पनि खाद्यान्नका सामग्री सबैभन्दा पहिले वितरण गरेको र अहिलेको कोभिडको दोस्रो महामारीमा पनि अन्य संगठन जस्तो हातमा दहि जमाएर नबस्ने, स्वास्थ्य मापदण्डहरु पूरा गरेर जनताको सेवामा निरन्तर लागिरहेको बताए । इन्चार्ज नविनले  सम्पूर्ण विद्यार्थी तथा  सचेत नागरिकलाई  सुरक्षित भएर कोरोना महामारीका विरुद्ध आ– आफ्नो ठाउँमा जन सेवामा  जुट्न अपिल  समेत गरेका छन् ।