नवलपरासी । पश्चिम नवलपरासीको दक्षिणी सीमा क्षेत्र पर्ने गुठी पर्सौनीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन् ।
गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राजभर घाइते भएका हुन् । घाइते राजभरको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भई रहेको छ ।
सिमानामा आवत जावत गर्ने क्रममा रोक्न खोज्दा स्थानीय बासिन्दासंग विवाद बढेपछि शसस्त्र प्रहरीले २ राउण्ड हवाई फायर गरेको बताइएको छ ।
भारत जाने क्रममा रोक्न खोजेका प्रतापपुर गाउँका एक युवाले भारत जान नपाएपछि गाउँलेहरु बोलाएर प्रहरीमाथि आक्रमण गरेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गर्नु परेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।
बिहान साढे ९ बजेतिर भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई शसस्त्र प्रहरीले रोक्न खोज्दा विवाद भएपछि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् । उक्त घटनमा ५ जना प्रहरी घाइते भएको बताइएको छ ।
सम्बन्धित खवर
दुर्घटना न्युनिकरण गर्न गाँउगाँउमा ट्राफिक सचेतना
रूपन्देहीमा अक्सिजन नपाएर १४ को मृत्यु
तिलोत्तमामा पाँच बर्षीय बालिका बलात्कृत
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्