नेकपा रूकुम पश्चिमद्वारा कोरोना सङ्क्रमित र बिरामी कुरुवालाई निःशुल्क खाना

नेकपा रूकुम पश्चिमद्वारा कोरोना सङ्क्रमित र बिरामी कुरुवालाई निःशुल्क खाना

रूकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी रूकुम पश्चिमले कोरोना सङ्क्रमित र बिरामी कुरूवालाई जिल्ला अस्पताल सल्लेमा निशुल्क खाना खुवाउन सुरु गरेको बताइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी रूकुम पश्चिमका जिल्ला नेता नरेन्द्र विकको नेतृत्वमा खटिएको टोलीले शनिबारदेखि बिरामी र बिरामी कुरूवालाई खाना र तातोपानी निशुल्क रुपमा उपलब्ध गराएको छ । पार्टीले सरस्वती मावि सल्लेमा खाना बनाउने र सोही टोलीले प्याक गरेर जिल्ला अस्पतालमा पुर्याइ बिरामी र कुरूवालाई खुवाउन सुरु गरेको नेता नरेन्द्रले बताए । 

अखिल (क्रान्तिकारी)का निवर्तमान जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहोरा र निवर्तमान उपाध्यक्ष सोम्पाल विक भने संङ्क्रमित भई मृत्यु भएकाहरूको शव व्यवस्थानमा खटिएका छन् । यसअगाडी सम्बन्धित सरोकारवालाले यस्तो अुमति दिएका थिएनन् । नेकपाले निशुल्क खाना र पानीको व्यवस्थापन गर्नुअघि अस्पतालमा रहेको क्यान्टिनले बिरामीका आफन्तको ढाड सेक्ने गरी साढा खानाको तीन सय रुपैयाँ, पानी तताएको पचास रुपैयाँ, एक प्लेट चनाको नब्बे रुपैयाँ लिदैँ आएको थियो । नेकपाको पहलमा निशुल्क खाना र पानी प्राप्त गरेपछि बिरामी र आफन्तले खुसी प्रकट गर्दै धन्यवाद दिएका थिए ।

पहिलो चरणमा खाना खुवाउने अभियानलाई सहज गराउन मुसीकोट नगरपालिका ४ सोलाबङ्गका व्यवसायी मनकामना जुत्ता पसलका सञ्चालक किरण बुढाथोकी र ओली ब्रदर्श किराना पसलका धनबहादुर ओलीले सहयोग गरेको नेकपा रूकुम पश्चिमले बताएको छ ।