Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
सरकार सङ्कटको घडीमा सत्ता टिकाउने खेलमा ! - Janabato
सरकार सङ्कटको घडीमा सत्ता टिकाउने खेलमा !

रसुवा । नेपाल कम्युनिस्ट पार्टी रसुवाले जनताको स्वास्थ्य सुरक्षामा सरकारले खेलवाड गरेको भन्दै तत्काल अक्सिजनको आपूर्ति एवं गुणस्तरीय उपचार व्यवस्था मिलाउन माग गरेको छ ।

नेकपा रसुवा जिल्ला इन्चार्ज ध्रुव र सेक्रेटरी विराजले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जनताले उपचार नपाएर भोगेको दुःख र पीडाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

कोरोनाका बिरामीको उपचारको उचित प्रबन्ध मिलाउन र पिसिआर जाँच लगायतका कामहरुलाई तिब्रतामा लैजान पनि माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निजी अस्पतालहरुले अक्सिजन र बेडको अभाव देखाएर उपचार गर्न नसकिने घोषणा गरिसकेका छन् । यो अत्यन्त संकटपूर्ण घडीमा सरकार सत्ताको खेलमा लिप्त हुँदै कथित संसदीय चुनावको घोषणा गरी जनताप्रतिको स्वास्थ्य उत्तरदायित्वबाट पन्छिएको छ ।’