नेकपा उदयपुरद्वारा मास्क र सेनिटाइजर वितरण 

उदयपुर  । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले बिहिवार कोरोना महामारीविरुद्ध मास्क र सेनिटाइजर वितरण  गरेको छ । उदयपुरगढी गाउँपालिकाको वडा नं. १ मा रहेको ३५ वटा घरपरिवारका सदस्यहरूलाई मास्क र सेनिटाइजर वितरण गरेको नेकपा उदयपुरले बताएको छ ।

कटारी नगरपालिकाको वडा नं.४ मा ७५ वटा घर परिवारका सदस्यहरूलाई मास्क र सेनिटाइजर वितरण गरेको नेकपाका उदयपुर र ओखढुङ्गा जिल्ला इन्चार्ज विवेक कुमालले बताए ।  

कार्यक्रममा उदयपुर जिल्ला सेक्रेटरी लक्षण पौडेल, स्थानीय नेताहरू लाल बहादुर खत्री, पुर्णबहादुर कटुवा, चन्द्र बहादुर बराल, मोहन मगरलगायतको उपस्थिति रहेको थियो ।