शिवगढी । नेकपाका महासचिव विप्लवले करिब दुई वर्ष जेलजीवन बिताएर धरौतीमा रिहा भएका पार्टीका केन्द्रीय सदस्य एवं अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रय अध्यक्ष माइला लामालाई पार्टीको केन्द्रीय कार्यालय शिवगढीमा स्वागत गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार शुक्रबार महासचिव विप्लवले केन्द्रीय सदस्य लामालाई केन्द्रीय कार्यालयमा स्वागत गरेका हुन् ।
महासचिव विप्लवले नेता लामालाई स्वागत गर्दा पार्टीका अन्य नेता तथा कार्यकर्ता पनि सहभागी थिए ।
२०७६ साल साउनमा गिरफ्तार भएका नेता लामालाई सरकारले झुटा मुद्धा लगाउँदै दर्जनौं जिल्ला घुमाएर सङ्खुवासभा कारागारमा बन्दी बनाएको थियो । सरकारले ३ बुँदे सहमतिअनुसार बन्दी रिहा नगरेपछि लामा धरौती बुझाएर गत बैशाख १६ गते जेलमुक्त भएका थिए । एक महिना स्वास्थ्यलाभ गरेपछि नेता लामा शुक्रबार पार्टी केन्द्रीय कार्यालय पुगेका हुन् ।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्