कोरोनाको महामारीसँगै कक्षा १२ को परिक्षा सुरू

कोरोनाको महामारीसँगै कक्षा १२ को परिक्षा सुरू

कोरोनाको महामारीसँगै कक्षा १२ को परिक्षा सुरू

मंसिर ९, बुटवल । विश्वव्यापी कोरोनाको महामारीसँगै मंगलबारदेखि कक्षा १२ को परिक्षा सुरु भएको छ । विश्वव्यापी कोरोना कहर सुरु भएपछि बैशाखमा नै हुनुपर्ने परिक्षा मंगलबारदेखि सुरु भएको हो । 

राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको समन्वयमा कोरोना सम्बन्धी मापदण्ड अपनाएर देशभर एक साथ परीक्षा सन्चालन गरेको हो ।

परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउने र सबैको ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । परीक्षा केन्द्रहरुमा सेनिटाइजर र हात धुनका लागि साबुन पानीको समेत व्यवस्था समेत अनिवार्य गरिएको छ । 

यसपटक परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाएका छन् ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले परीक्षामा सुरक्षाको प्रबन्ध मिलाएको छ भने परीक्षा सन्चालनमा स्थानीय तहले सहयोग गरेका छन् । परीक्षाको अनुगमन र निगरानी गर्न बोर्डमा कन्ट्रोल रुमको समेत व्यवस्था गरिएको छ । कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।

बिहान ८ बजेबाट सुरु भएको परीक्षा साढे एक घण्टा तोकिएको थियो । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको छ । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ । कक्षा १२ को परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थीहरु सहभागी छन् ।

परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दुरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखेर परीक्षा सन्चालन गरिएको छ । कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।