माल्कोटमा स्वास्थ्य शिविर सञ्चालन !

कालिकोट । नेकपा निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा कालिकोट जिल्लाको माल्कोटमा बिहिवारदेखि स्वास्थ्य शिविर सञ्चालन भइरहेको जनाइएको छ ।

बिहिबार मात्र सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ३७ जनाको एन्टिजिन परीक्षण गरिएको थियो । जसमा ७ जनामा कोरोनाका लक्षण भएका बिरामीहरूलाई अक्सिजनसहितको व्यवस्था मिलाएर औषधी उपचार गरिरहेको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

गाउँमा कोरोनाको सङ्क्रमण व्यापक रुपमा फैलिन थालेपछि अखिल (क्रान्तिकारी)ले यस्तो पहल थालेको हो ।

अखिल (क्रान्तिकारी) का नेता नरेन्द्र विकको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोलीसहित स्वास्थ्य शिविर सञ्चालनमा खटिएको नेकपा कालीकोटले जनाएको छ ।

स्वास्थ्य शिविर आज पनि सञ्चालन भइरहेको जनाइएको छ ।