बुटवल । कोभिड–१९ सङ्क्रमणका कारण नयाँ शैक्षिक सत्र आजदेखि सञ्चालन हुँदैछ । बैशाखमा सुरु हुनुपर्ने नयाँ शैक्षिक सत्र कोभिडका कारण यस वर्ष असारदेखि सुरु हुन लागेको हो ।
विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो सहज भएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गरिएको बताए । अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेकीकरण कार्य विद्यालयले गर्नेछन् ।
असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्नेछ । विद्यार्थीको अभिलेखीकरणपछि वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिइनेछ ।
कोभिडका कारण गत वर्षको एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गर्ने तयारी छ । कक्षा ११ र १२ को परीक्षा भने अझै अन्यौलमा छ ।
सम्बन्धित खवर
जनपत्रकार संगठन नेपाल बाजुराको प्रथम भेला
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्