गुल्मी । आइतबारदेखि अविरल रुपमा परेको बर्षाले सोमबार दिउँसोदेखि रुरु क्षेत्रको बगर जलमग्न भएको छ । ऋिशिकेश मन्दिर प्रवेश गेटको १२ सिढी पानीले पार गरेको छ । प्रवेशद्वारा नजिकै रहेका खिमप्रसाद गौतम, टेक बहादुर थापा, बसन्त खाम्चा, आशिस जोशिलगायतका परिवार विस्थापित भएका छन् । अहिलेसम्म कुनै पनि मानविय क्षति भने भएको छैन । घर–टहराहरु तथा तिनमुखे पुलका फलाम तथा काठका सामग्रीहरु बगाएको छ ।
पानिको सतह बड्ने क्रम रहेकाले तानसेन नगर पालिका वडा नम्बर १४ का वडा अध्यक्ष कमल राना र रुरु क्षेत्र गाउँपालिका वड नं. १ का वडाअध्यक्ष रामलाल विकले जोखिममा परेका घरपरिवार सुरक्षित स्थानमा बस्न र सतर्क रहन आग्रह गरेका छन् । यस्तै पाल्पातर्फ दाहा संस्कार गर्न ठाउँ नभएकाले कालिमाटि लान आग्रह गरिएको छ ।
खोला तथा नदिमा अहिले पनि पानीको बहाव घटेको छैन, उच्च छ ।
Tags :
सम्बन्धित खवर
अर्घाखाँचीमा आगलागी पीडितलाई राहत प्रदान
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्