अनिल नेपाली । मंसिर ९, सन्धिखर्क । अर्घाखाँचीबाट राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का उज्वलले उद्यमका क्षेत्रमा थुप्रै प्रयासहरु भईरहेका बताएका छन् । तिनै तहका सरकार उद्यमका क्षेत्रहरु विस्तार गर्न लागिपरेको उनले बताए । अनुत्पादक क्षेत्रमा ठूलो लगानी खर्च भईरहेको भन्दै उनले उद्योग व्यवसायमा उचित लगानी हुने हो भने बल्ल समृद्धि हासिल हुने बताए ।
छैठौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग अर्घाखाँचीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले अर्घाखाँचीको बजार सानो भएकाले सिर्जनशील उद्यम गर्नुपर्नेमा जोड दिए । समानान्तर उद्यम गर्दा सानो बजारमा खपत नहुने भएकाले सिर्जनशील उद्यम गर्नुपर्ने उनको तर्क छ । उद्यम क्षेत्र विकास र समृद्धिको मेरुदण्ड भएकाले यसको उचित व्यवस्थापन गर्न आवश्यक रहेको पनि खड्काले बताएका छन् । मुलुक समृद्धिको आधार नै औद्योगिक विकास भएको भन्दै सरकारले पनि लगानीको वातावरण सिर्जना गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका नगरप्रमुख कमलप्रसाद भुसाल, प्रमुख जिल्ला अघिकारी विष्णु पौडेल राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कान, चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ, उद्यमी रमा खत्री लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै सरकारले उद्योग व्यबसायमा लगानी उचित बाताबरण मिलाउनु पर्ने बताएका थिए
कार्यक्रम कार्यालय प्रमुख केशब सुनारको अध्यक्षता, लक्ष्मी प्रसाद दाहालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला उद्योगी व्यबसायीको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यालय प्रमुख केशब सुनारले उद्योग दिवस सम्वन्धी कार्यपत्र प्रस्तुत गदै आगामी बर्षमा हुने कार्यक्रमको समेत जानकारी गराएका थिए । कार्यक्रममा उद्योगीहरुलाई खादा र प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो । हरेक वर्ष मंसिर ९ गते यो दिवस मनाउँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्