Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
बर्दिबास घटना : घाइते न्यौपानेको उपचारको क्रममा मृत्यु - Janabato

बर्दिबास घटना : घाइते न्यौपानेको उपचारको क्रममा मृत्यु

थप तनावको स्थिति सिर्जना

बर्दिबास घटना : घाइते न्यौपानेको उपचारको क्रममा मृत्यु


मंसिर १०, बुटवल । महोत्तरी बर्दिबासकी ६ वर्षीया बालिका हत्याको बिरुद्धमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

बर्दिबासका सन्जय न्यौपानेको उपचारको क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा आज मृत्यु भएको हो । तिघ्रामा गम्भीर चोट लागेका न्यौपानेलाइ बर्दिबासका अस्पतालमा उपचार हुन नसकेपछी तत्काल काठमाडौंबाट हेलिकप्टर बोलाएर उद्दार गरिएको थियो ।

तिघ्रामा गोली लागेपछी उच्च रक्तस्राव भएको समयमा नै रगत दिन नसकिएकोले उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । आइतबार बेलुकादेखि बर्दिबास नगरपालिका १४ शुभम् बस्तीबाट हराएकी सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव बोरामा राखेर फालेको अवस्थामा फेला परेको थियो ।

स्थानीय अरुण किराना पसलका संचालक २५ वर्षीय अरुण कुमार साहले बलात्कार गरी हत्या गरेको स्थानीयबासीको आरोप छ । साहले हत्या आफुले गरेको र शव बोरामा राखेर फालेको प्रहरी समक्ष स्वीकार गरिसकेको प्रहरी श्रोतले उल्लेख गरेको छ । बालिका बलात्कार तथा हत्याको बिरोधमा हिजो बिहानैदेखि बर्दिबासमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरीएको थियो ।

प्रदर्शनको क्रममा आक्रोशित स्थानीयले आरोपी साहको घर जलाएका थिए । आगजनी भएको घरमा आगो निभाउन जान खोज्दा प्रहरीमाथि अवरोध भएपछि प्रहरीले गोली चलाएको थियो ।

आक्रामक भिडलाइ नियन्त्रण लिन प्रहरीले गोली फायर गर्दा न्यौपानेसहित ३ जना घाइते भएका थिए । अन्य २ जना घाइते श्याम कार्की र अफताव आलमको बर्दिबास कै स्थानिय अस्पतालमा उपचार भैइरहेको छ ।