बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाई डा.शंकरप्रसाद भण्डारीको कार दुर्घटनामा मृत्यु भएको छ । रुपन्देहीको देवदह चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ ।
रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु१७च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हन् ।
वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार मंगलबार राति करिब साढे ८ बजे कार सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनापछि भण्डारीलाई बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पुर्याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
Tags :
सम्बन्धित खवर
‘खतरनाक’ तहमा पुग्यो बुटवलको वायु प्रदूषण
५ वर्ष अगाडि
नेपाली कांग्रेसद्वारा देवदहमा शोकसभा
५ वर्ष अगाडि
संखुवासभामा प्रहरीले गोली चलायो, जनतामा आतंक सिर्जना
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्