संखुवासभामा प्रहरीले गोली चलायो, जनतामा आतंक सिर्जना

राज्यको दमनले जनता त्रसित

संखुवासभामा प्रहरीले गोली चलायो, जनतामा आतंक सिर्जना

पुष १२, काठमाडौं । संखुवासभामा प्रहरीले गोली चलाएको छ । नेकपाका नेता कार्यकर्ता भएको आशंकामा प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् । 

जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि नेकपाका नेता कार्यकर्तालाई लक्षित गरी प्रहरीले गोली चलाएको स्रोतले बताएको छ । प्रहरीले २० राउण्डभन्दा बढी गोली चलाएको बताइएको छ ।  

स्थानीयका अनुसार नेकपाका जिल्ला इन्चार्ज उक्त स्थानमा रहेको भन्ने आशंकामा प्रहरीले गोली चलाएर गिरफ्तार गर्न खोजेको बताइएपनि नेकपाका कुनै नेता कार्यकर्ता नभएको स्रोतले बताएको छ । 

स्थानीयले बताएअनुसार प्रहरी सादा पोशाकमा गाउँमा गएर जनताको घर घरमा खानतलासी गरेको तर स्थानीय जनताले राज्यको दमन र आतंकको प्रतिरोध गरेको बताइएको छ ।