पुष १२, सन्धिखर्क । नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीले विद्यार्थी अभियान सुरु गरेको छ । आइतबार अभियानका क्रममा जिल्ला स्थित ज्ञानप्रकाश मावि डिभर्नामा ३५ सदस्यीय इकाई कमिटी निर्माण गरेको छ ।
“शैक्षिक गुणस्तर सुधार र शिक्षालयमा हुने भष्ट्राचारका विरुद्ध अखिल (क्रान्तिकारी) अर्घाखाँचीको विद्यार्थी अभियान” भन्ने मूलनारा सहित अभियानको उद्घाटन गरिएको हो । अभियानको उद्घाटन गर्दै जिल्ला अध्यक्ष नविन खड्काले बिद्यालयमा हुने भष्ट्राचार, अनियमितता र ढिलासुस्तीका विरुद्ध संघर्ष गर्ने बताए ।
उनले सरकारले भ्रष्ट्राचारी, बलात्कारी, दलाली, शैक्षिक माफिया, मेडिकल माफियाहरुको रक्षा गर्ने र श्रमिक वर्गमाथि प्रतिबन्ध लगाएर दमन गरेको बताउँदै यसका विरुद्ध सबैले प्रतिरोध गर्नु आवश्यक भएको बताए ।
आइतबार देखि सुरु भएको विद्यार्थी अभियान जिल्ला भरिका सम्पूर्ण बिद्यालयमा पुग्ने र शैक्षिक माफियाका विरूद्ध संघर्ष चर्काउने अध्यक्ष खड्काले बताए ।
सम्बन्धित खवर
चिसोले मजदुर र विपन्न परिवारको जनजीवन कष्टप्रद
सहकारीको लगानी उत्पादनमा लगाऔंः मन्त्री गिरी
सर्वोच्चको फैसला अनपेक्षित : प्रचण्ड
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्