माघ १७, बुटवल । तराईका जिल्लमा तीन दिन यता अत्यधिक चिसो मापन गरिएको छ । रूपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, दाङलगायतका मध्य तराई क्षेत्रमा चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको छ । जल तथा मौसम विज्ञान केन्द्रका प्राविधिक शिवनन्दन यादवका अनुसार शुक्रवार बिहान अधिकतम ९ डिग्री सेल्सियस र न्युनतम ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको बताए । त्यसैगरी, उनले ४ दशमलव ५ सापेक्षिक आद्रता मापन गरिएको बताए ।
हावामा पानीको मात्रा बढेको र सोही हावा चल्दा शीतलहर महसुस भइरहेको छ । तराईमा शीतलहर बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ। विद्यालयहरुमा शिक्षण सिकाइ गर्न पनि कठिन भएको शिक्षकहरुले बताएका छन् ।
खासगरी वृद्धवृद्धा तथा बालबालिका र गरिब, विपन्न समुदायका लागि यो चिसो कष्टकरण भएको छ । यो मौसममा न्यानो कपडा लगाउने, गरम झोलिलो पदार्थ खाने र बालबालिका र वृद्धवृद्धालाई विशेष ख्याल गर्नुपर्ने विज्ञहरुको सुझाव रहेको छ । चिसोमा शहर बजारमा सर्वसाधारणको आवागमन पातलिएको छ । विभिन्न चोकहरुमा दाउराको आगो बालिएकोे छ । दैनिक ज्यालादारी जस्तै रिक्सा चालक, ठेला मजदुरी गर्ने मजदुरहरुको लागि कठ्याँग्रिदो चिसोले मर्कामा छन् ।
प्रतिक्रिया राख्नुहोस्