आचार्य र तिमिल्सेनाले दिए घरभाडामा ५० प्रतिशत छुट

तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नम्बर–५, मणिग्राम निवासी गिरिशमणि आचार्य 'दीक्षित' र सोही वडा मणिग्राम निवासी शोभाखर तिमिल्सिनाले जेठ महिनाको घरभाडामा ५० प्रतिशत छुट गरेका छन् । 

गिरिशमणि आचार्य दीक्षितको ६० वटा र  शोभाखर तिमिल्सिनाको  ८ वटा सटरहरु व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएको थियो । निषेधाज्ञाले गर्दा सबै व्यवसायीहरूलाई पर्न गएको असरलाई मध्यनजर गरेर केही राहत होस भनी छुट दिएको उनीहरुले बताएका छन् । साथै उनीहरूले २/२ वर्षमा १० प्रतिशत घरभाडामा थप गर्ने समय २०७८ बैशाखमा पूरा भएको र अहिलेको जटिल अवस्थालाई मध्यनजर गरेर यो वर्ष थप नगर्ने बताएको तिलोत्तमा चेम्बर अफ कमर्सका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।