काठमाडौं, मंसीर १९ /अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।
भेटमा अर्थमन्त्री पौडेलले नेपाल र युरोपियन युनियनबीच सुखद् र असल सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै नेपालको विकास विशेष गरी शिक्षा, कृषि, स्वास्थ्य, संघीयता कार्यान्वयन, कोभिड-19 न्यूनीकरण र रोकथाममा गर्दै आएको सहयोगको लागि धन्यवाद दिनुभयो।
अर्थमन्त्री पौडेल र राजदूत डेप्रेचबीच द्विपक्षीय सम्बन्ध, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि, कोभिड-19 महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भयो। यसैगरी युरोपियन लगानी बैंकको सहयोग थप बिस्तार गर्ने विषयमा पनि छलफल भयो ।
राजदूत डेप्रेचले कोभिड-19 नियन्त्रणका लागि संयुक्त प्रयास गर्नुका साथै सहायता अभिवृद्धि गर्दै जाने बताउनु भएको थियो ।
Tags :
सम्बन्धित खवर
दुर्घटना न्युनिकरण गर्न गाँउगाँउमा ट्राफिक सचेतना
५ वर्ष अगाडि
युवा सङ्गठन नेपाल कञ्चनपुरद्वारा वालपेन्टिङ
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्