कालिकोट । नपाल कम्युनिस्ट पार्टी कालिकोटले कुमाल गाउँ स्वास्थ्य केन्द्रलाई ६ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । बुधबार नेकपाका जिल्ला इन्चार्ज कर्ण भण्डारी ‘विराट’ले कुमाल गाउँ स्वास्थ्य केन्द्रका कर्मचारीहरुलाई ६ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन् ।
नेकपा निकट अखिल (क्रान्तिकारी) को पहलमा उपलब्ध गराईएका ६ थान अक्सिजन सिलिण्डरहरु जिल्ला पार्टीको रोहबरमा हस्तान्तरण गरिएको नेकपाले जनाएको छ ।
कोरोना भाइरसले अक्सिजन सिलिण्डर अभाव भइरहेको बेला नेकपाले स्वास्थ्य केन्द्रलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो । नेकपाले अक्सिजन सिलिण्डर हस्तान्तरण गरेपछि स्थानीयहरूले खुसी हुँदै नेकपालाई धन्यवाद प्रकट गरेका थिए ।
स्वास्थ्य केन्द्रका कर्मचारीहरुले पनि नेकपालाई धन्यवाद दिएका थिए । नेकपाले अक्सिजन नपाएर मर्नुपर्ने अवस्था जनताको नआहोस् भनेर अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको बताएको छ ।
सम्बन्धित खवर
जनप्रतिनिधिले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग
अखिल (क्रान्तिकारी) कालिकोट संगठन विस्तार अभियानमा
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्