बुटवल । पश्चिम नेपाल विकास ट्रष्ट र नयाँ जीवनको आधार देवदह शाखाले अनाथ आश्रम र बाल गृहमा खाद्यान्य तथा नगद वितरण गरेका छन । दुवै सस्थाले संयुक्त आयोजनामा खाद्यान्य वितरण कार्यक्रम गरेका हुन ।
ट्रष्टका कोषाध्याक्ष पदम घिमिरेका अनुसार लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रम, सिद्धार्थ बाल गृह, भैरहवा र अपाङ्ग आश्रम देविनगरमा दाल, चामल, तेल, चीउरा, भुजा, फुरन्दाना, आलू, सोयाबिन, लसून, नुन, जीरा, धनिया, चीनी, साबुन–सरफ, कोलगेट बुरूस, ब्लाङकेट, सिरक, ग्यास चुलो र नगद सहित अन्य खाद्य सामग्रीहरू हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रम मा पश्चिम नेपाल विकास ट्रष्टकी अध्यक्ष गौरीमाया थापा, कोषाध्यक्ष पदम घिमिरे, सह–सचिव लक्ष्मी अधिकारी र नयाँ जीवनको आधार देवदह शाखा अध्यक्ष रेखा निरौला लगायतको उपस्थिती रहेको थियो । सदस्य ईन्द्रा कुमारी घर्तिको ४० हजारसहित ८५ हजार बराबरको खाद्यन्य र नगद सहयोग गरिएको घिमिरेले बताए । ट्रष्टकी अध्यक्ष गौरीमाया थापाले सस्थाले विगतदेखि नै यस किसिमको सहयोग गर्दै आएको बताउदै सामाजिक क्षेत्रमा सक्रियता बढाउदै लगिने बताइन ।
सम्बन्धित खवर
जनमत संग्रह गरौं : ‘कञ्चन’
संसद विघटन विरुद्ध सडक नाटक प्रदर्शन
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्