वर्तमान राजनीतिक सङ्कटको निकास वैज्ञानिक समाजवाद : रणनीतिक संयुक्त मोर्चा

वर्तमान राजनीतिक सङ्कटको निकास वैज्ञानिक समाजवाद : रणनीतिक संयुक्त मोर्चा

बुटवल । रणनीतिक संयुक्त मोर्चा चितवनले वर्तमान राजनीतिक सङ्कटको निकास वैज्ञानिक समाजवाद भएको निष्कर्ष निकालेको छ । मोर्चाको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ – ‘दलाल पुँजीवाद संसदीय व्यवस्थाले आजको सङ्कटको समाधान गर्न सक्दैन । संसदीय व्यवस्था भित्रको चुनाव वा पुर्नस्थापना आजको निकास होइन । जनगणतन्त्र वा वैज्ञानिक समाजवाद नै आजको निकास हो ।’

यसै गरी मोर्चाको बैठकले कोभिडलगायत स्वास्थ्य उपचरमा देखिएको लापरवाही, चर्को शुल्क लगायत चितवनमा देखिएको स्वास्थ्य क्षेत्रको ब्रहमलुटका विरुद्ध सम्बन्धीत पक्षलाई गम्भीर ध्यानाकर्षण गर्दै जनताले पाउने निःशुल्क उपचारलाई व्यवहारिक ढंगले कार्यान्वयन गर्न सर्वपक्षीय पहल बढाउने निर्णय समेत गरेको छ ।
रणनीतिक संयुक्त मोर्चा चितवनको बैठकपछि नेपाल कम्युनिस्ट पार्टी, चितवनका सेक्रेटरी मिन प्रसाद, नेपाल कम्युनिस्ट पार्टी (क्रन्तिकारी माओवादी) चितवनका सेक्रेटरी विकास सापकोटा , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रतिनिधि गोबिन्द विश्वकर्मा, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य बद्रि अधिकारीले संयुक्त हस्ताक्षरमा जारी गरेको विज्ञप्ती यस प्रकार रहेको छ –

१ – दलाल पुँजीवाद संसदीय व्यवस्थाले आजको सङ्कटको समाधान गर्न सक्दैन । संसदीय व्यवस्था भित्रको चुनाव वा पुर्नस्थापना आजको निकास होइन । जनगणतन्त्र वा वैज्ञानिक समाजवाद नै आजको निकास हो ।
२ – रणनैतिक संयुक्त मोर्चामा रहेका हामी चार पार्टीहरु विभिन्न जनसमुदायका सस्याहरुलाई हल गर्न अन्य राजैनिक पार्टी मंच तथा संस्थासँग सहकार्य गरी अगाडि बढ्ने छौं ।
३ – चितवन जिल्लामा हालै गएको बाढी कटान र डुबान लगायतका प्राकृतिक विपत्तिमा राज्य र त्यस निकायबाट भएका उदासिनताको भण्डाफोर गर्दै उद्धार, राहत र व्यवस्थापन लगायतका कार्य तत्काल गर ।
४ – रोपाइँको सिजनमा मलमा भएको कालाबजारी र अभावको समस्या तत्काल हल गर । सिचाई, बीउ र किटनाशक औषधी लगायतका समस्या समाधान गर ।
५ –कोभिड लगायत स्वास्थ्य उपचरमा देखिएको लापरवाही, चर्को शुल्क लगायत चितवनमा देखिएको स्वास्थ्य क्षेत्रको व्रहमलुटका विरुद्ध सम्बन्धीत पक्षलाई गम्भीर ध्यानाकर्षण गर्दै जनताले पाउने निशुल्क उपचारलाई व्यवहारिक ढंगले कार्यान्वयन गर्न सर्वपक्षीय पहल बढाउने ।
६ – पूर्वी चितवनमा चाउचाउ उद्योगमा ११७ जना मजदुर निकाला गर्ने लगायतका जिल्ला भरिका मजदुरहरु माथि गरिएका सबै प्रकारका उत्पीडन विरुद्ध संघर्ष गर्ने ।
७ – चितवनका बाँदरझुला छरछरे, ढुकुरबारी, सिमलगैरी, घैलाघारी, गौचरण, गोलाघाट, मंगलपुर गणेशस्थान, आपटारी, दुईसय विघा हुँदै लोथरसम्मका झण्डै ३० वटा सुकुम्बासी बस्तीका र छरिएर रहेका चितवनका सम्पूर्ण सुकुम्बासीहरुको उचित व्यवस्थापन र लालपुर्जा दे ।

८ – नारायणी, राप्ती, लोथर, रिउ लगायत खोलाहरुमा र चुरेमा कसिमनको जगमा गरिएका प्राकृतिक दोहन तत्काल बन्द गर । साथै जिल्लाका सबै अबैध उत्खनन र क्रसरहरुलाई तत्काल बन्द गर ।
९– विद्यार्थीहरुलाई अनलाइन पढाई, भर्ना र मासिक शुल्क लगायतका विषयमा अभिभावकसँग लिएको चर्को शुल्क तत्काल रोक । गरिब तथा जेहेन्दार विद्यार्थीहरुले प्राप्त गर्ने सुविधालाई पूर्णरुपमा लागु गर ।
१०– वन, मालपोत, नापी लगायतका सरकारी कार्यालयमा घुस र कमिसनको खेल तत्काल रोक ।
११– माडी, भरतपुर र राप्ती नगरपालिका लगायत सबै स्थानीय निकायमा भएको चर्को कर, भ्रष्टचार, अवैध खण्डिकरण र जनविरोधी कार्य तत्काल रोक्न सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछौं । त्यसो नगरे स्वतः जनता जनकारबाहीमा अघि बढ्ने छन् ।
१२– चितवन राष्ट्रिय निकुञ्ज वरिपरी रहेका बस्तीहरुमा भएको बिकास निर्माणको अवरोध, बन्यजन्तृको आक्रमण र बालिनालीको नाश लगायतका समस्या हल गर ।
१३– दलित र महिला समुदाय माथि भएको सवै प्रकारका हिंसा तत्काल बन्द गर । यस्ता घटनासँग जोडिएको दोषीहरुलाई तत्काल कार्वाही गर ।
१४– कालापानी लिम्पियाधुराको जमिन फिर्ता गर । कोशी, महाकाली लागायतका नदिमा लगाईएका बाधका ढोकाहरु तत्काल खोल । एम सि सि र नागरिकता विधेयक जस्ता राष्ट्रघाती योजना खारेज गर । भारतद्धारा सोमेश्वर माडी र सुस्ता क्षेत्र लगायत देशै भरिका सिमा अतिक्रमण बन्द गर । साथै अतिक्रमीत भूमि फिर्ता गर । सन् १९५० लगायत असमान सन्धी संझौताहरु खारेज गर ।