५ वर्षदेखि फरार अभियुक्त पक्राउ

अनिल नेपाली । अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतको फैसलाले आगलागीबाट ज्यान मार्ने उद्योग मुद्धामा कैद ३ वर्ष १० महिना २८ दिन सजाय भई फरार रहेका अर्घाखाँची जिल्लाको साविक धारापानी गाविस–९ हाल भूमिकास्थान नगरपालिका वडा नं. ३ बस्ने विरबहादुर बन्जाडेको छोरा वर्ष ३९ को रवि नामले चिनिने तुल बहादुर बन्जाडे पक्राउ परेका छन् । बन्जाडेलाई चितवन भरतपुर महानगरपालिका वडा नं. ११ अमनचोकमा गई लुकीछिपी बसेका बेला प्रहरीले विशेष सूचनाको आधारमा  चितवन भरतपुर महानगरपालिका वडा नं.११ अमनचोकस्थित कोठामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले बताउनुभएको छ । 

पक्राउ परेका बन्जाडेलाई जिल्ला अदालतको आदेश अनुसार कैद भुक्तान गर्नको लागि जिल्ला कारागार कार्यालय अर्घाखाँचीमा चलान गरिएको खनालले बताउनुभएको छ ।