बुटवल । नवलपरासी स्थित मिलानो चप्पल फ्याक्ट्रीमा आगलागी भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका स्थित मिलानो इन्टरनेशनल स्टेप एक्सन पोलिमर्स प्रा.लि (चप्पल)उद्योगमा आइतबार साँझ करिब ५ बजे आगलागी भएको हो ।
उद्योगको केमिकल राख्ने स्थानमा आगलागी भएको हो । नवलपरासीका २ र रुपन्देहीका २ दमकल , नेपाली सेना,सशस्त्र प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रणमा लिई निभाई सकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी मनोज कुमार यादवले ग्लोबल आवाजलाई बताए। वेल्डिङ गर्ने क्रममा आगोको झिल्का निस्केर आगलागी भएको र आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको उनले बताए।
Tags :
सम्बन्धित खवर
नेकपा हेटौंडा नगर समितिको तेस्रो पूर्ण बैठक
४ वर्ष अगाडि
लैङ्गिक हिंसाले मानसिक समस्याको जोखिम
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्