Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
जनपत्रकार सङ्गठनद्वारा थापा परिवारजनमा समवेदना प्रकट - Janabato
जनपत्रकार सङ्गठनद्वारा थापा परिवारजनमा समवेदना प्रकट

बुटवल । नेकपा निकट जनपत्रकार सङ्गठन नेपालले राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य प्रकाश थापाको बुबा भिमबहादुर थापाको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

जनपत्रकार सङ्गठन नेपालका संयोजक शेरबहादुर विश्वकर्माले सोमबार शोक वक्तव्यमार्फत् बडिकेदार गाउँपालिका ५ डोटीका ६५ वर्षिय बुबा भिमबहादुर थापाको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जलीसहित दुःख व्यक्त गरेका छन् । साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।