मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको १७ औं पूर्ण बैठक आइतबारदेखि हेटौंडामा बस्न सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्य र जिल्ला सेक्रेटरी वाटरको अध्यक्षतामा बैठक सुरु भएको हो ।
बैठकमा महान् जनयुद्ध र एकीकृत जनक्रान्तिका महान् सहिदहरुप्रति एक मिनेट शिर झुकाएर मौनधारण गरी श्रदाञ्जली अर्पण गरिएको थियो । साथै दोश्रो एजेण्डा अन्तर्गत नेकपाका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्लाका नव इन्चार्ज नयनलाई पूर्व जिल्ला इन्चार्ज तथा नव जिल्ला सेक्रेटरी वाटरसहित सम्पूर्ण डिसीएमहरुले स्वागत गरेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
सोमबार १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन भएको बैठक निरन्तर सञ्चालन हुने जनबाटोमा प्राप्त समाचारमा बताइएको छ ।
Tags :
सम्बन्धित खवर
पोखरामा २१ औं जेलब्रेक दिवस मनाइदैँ
५ वर्ष अगाडि
नेकपा गण्डकी गाउँपालिकाको प्रथम भेला
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्