नेकपा सदस्य भिमकुमारी रानाको शोक सभा सम्पन्न 

पाल्पा/मुक्ति गैरे । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले दस बर्षे जनयुद्ध, संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल र एकीकृत जनक्रान्तिका योगदान कर्ता तथा नेपाल कम्युनिस्ट पार्टीका सदस्य भिमकुमारी रानाको तेह्रौं मृत्यु दिनको अवसरमा शोकसभा सम्पन्न गरेको छ । 

बिहिबार पाल्पाको रिब्दिकोट गाउँपालिका देउराली उहाँकै घरमा पुगेर उक्त शोकसभा कार्यक्रम गरेको हो । जिल्ला इन्चार्ज अपेक्षाको नेतृत्वमा उक्त श्रद्धाञ्जली सभा कार्यक्रम भएको थियोे । यस्तै जिल्ला जनसरकार प्रमुख नेपाल लगायतका जिल्ला स्तरीय नेता कार्यकर्ता सहित पत्रकारहरुको पनि उपस्थिति रहेको थियो । 

जिल्ला इन्चार्ज अपेक्षाले ‘आमाको मृत्युुले सिङ्गो पार्टी र समाजलाई अपुरणिय क्षति भएको भन्दै दुख व्यक्त गरेकी थिइन् । उक्त दुखद् घडीमा आफूहरु समालिएर आमाको योगदान र बाटोलाई उच्च स्मरण गर्दै आत्मसाथ गर्ने समेत बताइन् । उनले माइला छोरा धिरज दसबर्षे महान् जनयुद्ध र जनआन्दोलनका कुशल कमान्डरदेखि एकीकृत जनक्रान्तिका नेता, बुहारी झरना कुशल कमान्डसहित महिला नेतृ र कान्छा छोरा केशव एकीकृत जनक्रान्तिका कुशल योद्दा जन्माएर महान दस बर्षे जनयुद्ध, जनआन्दोलन र एकीकृत जनक्रान्तिमा होम्याएर आफू पनि जीवनभर कम्युनिस्ट आन्दोलनको योद्दा र सिपाही हुनु भएको र उहाँको भौतिक शरीर मात्रै नरहे पनि उहाँको महान् विचार कहिल्यै नमर्ने बताइन् ।

यस्तै मृतक पार्टी सदस्य भिमकुमारी रानाका माइला छोरा तथा नेपाल कम्युनिस्ट पार्टीका नवलपरासी सेक्रेटरी कमरेड धिरजले ‘आफूलाई कम्युनिस्ट बनाउन र बन्न सिकाउने आमा र आमाको साथमा रहने समाजलाई समेत धन्यवाद दिएका थिए । उनले आफूले पिण्ड दिएर मरेको आमाले खान नपाउने र सुख नपाउने नभएकाले आफूले काजकिरिया नगरेको बताए । यस प्रक्रियामा एकाध केही व्यक्तिले धर्म परिवर्तनको हवला दिएर अभवाह फैलाए पनि आज सयौं जना समाजको अगाडिको पार्टी र क्रान्तिको साथमा यसरी उभिएर देश र जनताको पक्षमा सधैं लड्ने प्रेरणा पाउँदा गर्व लागेको बताए । आफू नास्तिक बाटो नभएर सधैं ऐतिहासिक भौतिकवादको बाटो आमाले देखाउनु भएकोले देश र जनताको पक्षमा लड्ने र मानव जाति माथिको सम्पूर्ण विवेदको अन्त्य गरेर समान ढङ्गले बाँच्न व्यवस्था कम्युनिज्म व्यवस्थाको प्राप्तिमा लाग्न झन् प्रेरित गरेको बताए । त्यसैले आमाले देखाएको बाटो देश र जनताको सेवा सबैभन्दा ठूलो भएको बताए ।

शोकसभाको अध्यक्ष भिमकुमारी रानाका छोरा सेल सेक्रेटरी केशव रानाले गरेका थिए । संचालन पार्टी जिल्ला सचिवालय सदस्य तथा जनसरकार प्रमुख नेपालले गरेका थिए ।