नवलपुर । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय सङ्गठन युवा सङ्गठन नेपाल नवलपुरले शनिबार जिल्लास्थित कावासोती नगरपालिकामा विरोध कार्यक्रम सम्पन्न गरेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको बहाना देखाउँदै कतिपय यातायात व्यवसायीले चर्को भाडा असुली गरेको भन्दै उक्त सङ्गठनले जिल्लाभित्रका आन्तरिक र बाह्य सवारीसाधनहरु रोकेर सोधपुछ गरि अनुगमन गरेको हो ।
सङ्गठनको देशव्यापी संघर्षका कार्यक्रम अन्तर्गत सङ्गठनले जिल्लामा पनि सक्रियता बढाएको छ । युवा सङ्गठन नेपाल नवलपुरका अध्यक्ष अविनाशको नेतृत्वमा नेता–कार्यकर्ताको उपस्थितिमा रातो टिसर्टमा ब्यानरसहित आएका युवाहरूले अनुगमन गरेका हुन् । केही सवारीसाधनले बढी शुल्क असुलेको भन्दै उक्त संगठनले फिर्ता समेत गराएको बताइएको छ ।
यात्रुहरूले न्यायको महसुस गरेको भन्दै युवा सङ्गठन नेपाललाई धन्यवाद प्रकट गरेका थिए ।
सम्बन्धित खवर
अखिल (क्रान्तिकारी) गोरखाको अध्यक्षमा परियार
बुटवलमा हिमलाल ज्ञवालीप्रति श्रद्धाञ्जली सभा
इटलीले ५३ वर्षपछि जित्यो युरोकपको उपाधि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्