मुक्ति गैरे । पाल्पा । वर्गीय मुक्तिको भिषण वर्ग संघर्षलाई तत्कालीन नेतृत्व प्रचण्ड– बाबुरामले आत्मसर्पण गरि विसर्जन गरेपछि धोका र आत्मसर्पणको ठहर गर्दै एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) २०६९ असारमा मोहन वैद्यको नेतृत्वमा क्रान्तिकारी नेतृत्वले सम्बन्ध विच्छेद गरेको थियो ।
यो संग संगै क्रान्तिकारी शक्तिहरुले वर्गीय मुक्तिको अभियानलाई निरन्तरतामा लगिरहेको छ । यसै शिलशिलामा २०७० मा निर्वाचन बहिष्कार गरे संगैको परिणामले क्रान्तिकारी स्प्रिड नलिएपछि २०७१ मा नेपाल कम्युनिस्ट पार्टीको पुर्नगठन जनमुक्ति सेना नेपालको गठन नेपालमा पहिलोपटक मंसिर ८ गते भएको दिन नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को नेतृत्वमा भएको थियोे । उहाँको नेतृत्वमा पार्टी पुर्नगठन भएपछि विभिन्न वर्ग समुदायमाथि वर्तमान व्यवस्थाले थोपरेको अन्यायका विरुद्धमा वर्ग शोषणमा परेका विभिन्न वर्गसमुदाय संगठित हुन थालेको छ । यसै शिलशिलमा मङ्गलबार मुल नेतृत्वसंग सम्बन्ध विच्छेदपछि पहिलोपटक पाल्पामा लोपोन्मुख कुमाल समुदाय संगठित भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी निकट कुमाल राष्ट्रिय मुक्ति मोर्चा नेपालको समिति बनाइएको बताइएको छ । मङ्गलबार पाल्पाको रिब्दिकोट गाउँपालिकामा धनबहादुर कुमालको नेतृत्वमा १९ सदस्यीय कमिटी बनेको छ । उक्त कमिटी निर्माणमा गाउँपालिका इन्चार्ज आकाशले वर्तमान व्यवस्थाले गरेको अन्यायका विरुद्धमा अब संगठित विद्रोह गरि सदाका लागि विभेदकारी व्यवस्था भ्याकेर वर्गविहिन वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्नुपर्ने बताउनु भएको छ ।
यस्तै उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष सुदिप विश्वकर्मा, युवा संगठन नेपालका जिल्ला सदस्य बब्लु, अखिल नेपाल यातायात ट्रेड युनियनका संयोजक राजिव, युवा विद्यार्थी नेतृत्वहरु सुशीला भट्टराई, सन्जु लगायतको उपस्थिति रहेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्