तिलोत्तमा । तिलोत्तमा चेम्बर अफ कमर्शले उद्योगी व्यवसायी एवं श्रमिकहरुलाई खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भुसालको एक टोलीले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसँग भेट गरी उद्योगी, व्यवसायीहरु एवं श्रमिकहरुलाई खोप लगाउने व्यवस्था मिलाउन आग्रह गर्दै पत्र बुझाएको हो ।
निषेधाज्ञा चलिरहेको अवस्थामा चेम्बरले विभिन्न सहयोग गर्दै आएको समेत अध्यक्ष भुसालले जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी तामाङले चेम्बरले गरेको असल कार्यहरुप्रति धन्यवाद दिदै सम्पूर्ण उद्योगी व्यवसायी एवं श्रमिकहरुलाई छिटो भन्दा छिटो खोप लगाउने व्यवस्था मिलाउने आश्वासन दिएको संघका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी गराए ।
Tags :
सम्बन्धित खवर
युवा संगठन नेपाल सिन्धुलीले गर्यो दीप प्रज्वलन
४ वर्ष अगाडि
अखिल (क्रान्तिकारी) पर्वतको अध्यक्षमा मास्के
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्