सिन्धुली । नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल, सिन्धुलीले कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
सङ्गठनको केन्द्रीय कार्यक्रमअनुसार युवा सङ्गठन नेपाल सिन्धुली जिल्ला अध्यक्ष तेजबहादुर पाख्रीनको नेतृत्वमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको सङ्गठनका केन्द्रीय सदस्य विचारमान थिङले बताए ।
कार्यक्रममा युवा सङ्गठनका नेता तथा कार्यकर्तालगायत स्थानीय जनसमुदायहरुको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा अध्यक्ष पाख्रीनले सबै मिलेर कोरोना विरुद्धको लडाइँ लड्नुपर्ने र परास्त गर्नुपर्ने बताए । उनले सरकारले कोरोना संक्रमित जनताको उचित उपचार अथवा खोपको व्यवस्थापनको साटो दलाल संसदीय व्यवस्थाभित्रको घिनलाग्दो व्यवहार जनतालाई देखाईरहको बताए । उनले जनताको मुख्य समस्या संसदीय व्यवस्था रहेकाले अब दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाको बाटोमा सबै युवा, विद्यार्थी र जनसमुदाय एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।
सम्बन्धित खवर
आचार्य र तिमिल्सेनाले दिए घरभाडामा ५० प्रतिशत छुट
नेकपाका नेता बास्तोलालाई ६ दिन हिरासतमा राख्न आदेश
अखिल (क्रान्तिकारी) नवलपुरद्वारा विरोध प्रदर्शन
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्