कुमार क्षेत्री । अछाम । जनपत्रकार सङ्गठन नेपाल अछामले 'अछाममा पत्रकारिता चुनौती, मानव अधिकारको अवस्था र राष्ट्रिय राजनीतिक निकासको बाटो’ बिषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । सङ्गठनका जिल्ला अध्यक्ष खेमराज बुढाको अध्यक्षतामा जिल्ला सदरमुकाम मङ्गलसेनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्मा ‘दर्शन’ को उपस्थिति रहेको थियो । अतिथिमा जिल्ला सेक्रेटरी तर्कराज तिमिल्सिना ‘संघर्ष’ लगायत अन्य थुप्रै पार्टीका पार्टी प्रतिनिधि, मानव अधिकारकर्मी, मिडियाकर्मी समेत रहेका थिए ।
कार्यक्रममा नेकपा जिल्ला सेक्रेटरी तर्कराज तिमिल्सिनाले प्रगतिशील, देशभक्त, परिवर्तन चाहने सबै सचेत नागरिकहरुले संसदीय व्यवस्थाको गोलचक्करमा नभएर त्यसको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको लागि जनमत संग्रहमा जानुपर्ने बताए ।
जनपत्रकार सङ्गठनका संयोजक शेरबहादुर विश्वकर्माले सङ्गठनको मुख्य उदेश्य, त्यसको भावि कार्यनितिबारे सप्रसङ्ग रुपमा स्पष्ट पारेका थिए । उनले जनपत्रकार बाहेकका अन्य पत्रकारिताको विज्ञापनको निमित्त विभिन्न स्थानिय पालिकाबाट कम्तिमा १० लाख बराबरको रकम छुट्याइने तर ती मिडियाकर्मीहरुले नेपालको राष्ट्रियता र जनताप्रति उत्तरदायी कुराको सम्प्रेषण गर्न निकै हिच्किचाहट गर्ने विश्वकर्माले बताए । विश्वकर्माले ‘पत्रकारिता चुनौती, मानव अधिकारको अवस्था र राष्ट्रिय राजनीतिक निकासको बाटो’ विषयमा र जनपत्रकारिताको बारेमा सबैलाई प्रशिक्षित पारेका थिए ।
कार्यक्रममा सहभागि अन्य दल, अभियान्ता, मिडियाकर्मी, मानव अधिकारकर्मीहरुले पनि यो व्यवस्था र संसदीय दलबाट रुष्ट भएको र उनिहरुबाट परिवर्तनको कुनै आश भरोसा नरहेको बताएका थिए । नयाँ परिवेशसँगै नयाँ पुस्ताबाट परिवर्तन सम्भव रहेको र त्यो भिजन, विचार नेकपामा रहेको भन्दै जनमत संग्रहप्रति आफूहरू सकारात्मक रहेको उनीहरूले जनाएका थिए । सो कार्यक्रममा जिल्लाका जिम्मेवार नेताकार्यकर्ता र विभिन्न जवसका नेताकार्यकर्ताहरुको प्रत्यक्ष सहभागी रहेको बताइएको छ
कार्यक्रमको संचालन सङ्गठनका जिल्ला सचिव अर्जुन लुहारले गरेका थिए ।
।
प्रतिक्रिया राख्नुहोस्