कपिलवस्तु । नेकपा निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाको पथ्थरर्कोट बजारमा वैदेशिक हस्तक्षेप र राष्ट्रघाती सम्झौताको विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
बिहिबार सङ्गठनको पूर्वघोषित केन्द्रीय कार्यक्रम अतरर्गत सिमा अतिक्रमण, एमसीसी लगायत राष्ट्रहित विपरीत सम्झौता विरुद्ध प्रदर्शन गरेको जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले जानकारी दिए ।
कार्यक्रममा सङ्गठनका जिल्ला उपाध्यक्ष संगीता विकले राज्य सङ्कटग्रस्त अवस्थामा रहेको र यसको निकासको लागि अब युवा विद्यार्थीहरु गलत प्रवृत्ति विरुद्ध सङ्घर्ष गर्नुको विकल्प नरहेको बताइन् । उनले राष्ट्रहित विपरीत एमसीसी जस्ता कुनै पनि राष्ट्रघाती सम्झौता गर्न नदिने बताइन् । उनले विदेशी सिमा अतिक्रमण गर्दा राज्य गैरजिम्मेवार बनेकाले यसको कडा प्रतिरोध गर्ने उनले चेतावनी दिइन् ।
कार्यक्रम बुद्धभूमी नगर अध्यक्ष प्रकाश खनालको सन्चालनमा सप्पन्न भएको बताइएको छ ।
सम्बन्धित खवर
प्रधानमन्त्री देउवाले मागे विश्वासको मत
अर्घाखाँचीमा कोभिडका कारण २५ जनाको मृत्यु
बुटवलको सडक विस्तार गर्न अदालतको आदेश
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्